२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

कुकुर कुटपिट प्रकरण : अधिकारकर्मीको विरोध, प्रहरीले थप अनुसन्धान गर्ने

  • २०७८ बैशाख १, बुधबार मा प्रकाशित ३ साल अघि
  • १०२९ पाठक संख्या
  • कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा माइतीघर मण्डलमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार दिउँसो कुकुर मारेको विरोधमा अधिकारकर्मीले प्रदर्शन गरेका हुन् । कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको राजधानीमा विरोध भएको छ ।

    अधिकारकर्मीले खैरे ‘कुकुरलाई न्याय चाहियो भन्दै सडकमा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

    त्यस्तै कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १८ चैतमा भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय, काभ्रेले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्रहार गरेको देखिएको छ ।

    घटनापछि पशु अधिकारकर्मीले बच्चाको घरमा समेत तोडफोड गरेको पाइएको काभ्रे प्रहरीले जनाएको छ । त्यसैले दुवै पक्षविरुद्ध मुद्दा चलाउने प्रहरी तयारी छ । पशु अधिकारकर्मीहरुले कुकुर मार्नेविरुद्ध कारबाही गर्न भन्दै बुधबार माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।

    कुकरको हत्या भएको भन्दै २९ चैतमा नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा जाहेरी दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस