२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

रोशीको प्रथम राष्ट्रपति रनिङ शिल्डमा हिमालय मावि प्रथम

  • २०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ५०४ पाठक संख्या
  • रोशी गाउँपालिका स्तरीय प्रथम राष्टपति रनिङ शिल्डको उपाधि रोशी ६ सिपालीको हिमालय माध्यमिक विद्यालयले चुम्न सफल भएको छ ।

    ४ ओटा विधा अन्तर्गत हिमालय माविले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक जितेको थियो । त्यस्तै वाल्टीङको पञ्चकन्या माविले ४ स्वर्ण , १ रजत र १ कास्य गरी ६ पदक प्राप्त गरी दोश्रो तथा २ स्वर्ण ३ रजत र १ कास्य गरी ६ पदक जितेर लक्ष्मीनारायण तेश्रो हुन सफल भयो । त्यस्तै नागदेवी माविले २ स्वर्ण र १ कास्य, पोक्रा माविले १ स्वर्ण, ४ रजत र २ कास्य, रोशीले १ स्वर्ण २ रजत र ३ कास्य पदक, भिमेश्वरले १ स्वर्ण र १ रजत, जुगेश्वरले १ स्वर्ण पदक हात पारे ।

    खेल अवधिभर १६ ओटा गोल्ड मेडल, १६ ओटा सिल्भर र १६ ओटा ब्राउन मेडल गरी जम्मा ४८ ओटा मेडलहरु प्रदान गरिएको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले जानकारी दिए ।

    विजयी खेलाडीहरुलाई रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएस्पी हरि खतिवडा, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला लगायतले शिल्ड तथा मेडल वितरण गरेका थिए ।

    कार्यक्रमका गाउँपालिका अध्यक्ष लामाले खेलको प्रतियोगिता सौहार्दपूर्वक, उत्साहपूर्ण तरिकाले समापन भएको, जित सबैको भएको र आगामि दिनमा जिल्ला स्तरीय राष्टि«य स्तरीय प्रतियोगितमा अगाडि बढ्न खेलाडीहरुलाई शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस