२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बनेपा नगरपालिकाले मनायो आफनो ४० औँ स्थापना दिवस

  • २०७७ चैत्र १४, शनिबार मा प्रकाशित ३ साल अघि
  • १४५१ पाठक संख्या
  • बनेपा नगरपालिकाले आफ्नोे ४० औँ स्थापना दिवस मनाएको छ ।

    बनेपाको लायकु मञ्चमा आयोजना भएको स्थापना दिवसको नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल उद्घाटन गरेका थिए ।

    कार्यक्रममा जनआन्दोलनका जीउँदो सहिद मुकेश कायष्थलाई नगद १० हजार सहित बनेपा तारा सम्मानबाट सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा भाष्कर सम्मानबाट पूर्व मेयर डा. सुरेन्द्र बादेलाई, बनेपा सेवा पदकबाट प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह, बनेपा नगरपालिकामा २५ बर्ष काम गरेका ३० कर्मचारीलाई दीर्घ सेवा पदकद्धारा सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै नगरपालिकाका वडा न ४ का १०१ बर्षीय जेष्ठ नागरिक रामकृष्ण श्रेष्ठ र वडा न ९ की टुकमाया तिमल्सिनालाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा बनेपा नगरपालिकाको स्मारिका विमोचन, लोगो सार्वजनीक र नगर गान शुभारम्भ उपप्रधानमन्त्री पोखरेलले गरेका थिए ।

    कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले काभ्रेको बनेपा, पनौती र धुलिखेललाई दीर्घकालिन विकासका लागि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, बनेपाका पूर्व मेयर डा. सुरेन्द्र बादे, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनर सिह बादे, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल लगायतले मन्तब्य राखेका थिए ।
    कार्यक्रम अघि बनेपाको लायकुबाट शुरु भएको झाँकी सहतिको र्याली बनेपा चारदोवाटो, तीदोवाटो हुँदै पुनः लायकु पुगेर सभामा परिणत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस