२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पुनः सञ्चालनमा आए भकुण्डेमा ईट्टा भट्टा, मुद्धाको किनारा नलाग्दै सञ्चालनमा आउनु दुःखद् : नगरपालिका

  • २०७७ चैत्र १२, बिहिबार मा प्रकाशित ३ हप्ता अघि
  • १३२ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाले वातावरणमा असर पुगेको भन्दै भकुण्डेका सबै इट्टा उद्योग भत्काएको थियो । नगरपालिकाले भत्काएको डेढ बर्षपछि भकुण्डेमा ईट्टा उद्योग सञ्चालन आएका छन् । नमोबुद्ध नगरपालिका वडा न २ मा रहेको सत्यनारायण ईट्टा उद्योग फागुन २६ गतेबाट सञ्चालनमा आएको छ ।

    २०७६ भदौ ८ र ९ गते भकुण्डेका सबै भट्टा भत्काएको नगरपालिकाले अदालतमा विचाराधिन रहेको मुद्धाको किनारा नलाग्दै पुनः सञ्चालन गरेको भन्दै अपत्ति जनाएको छ । नगरपालिकाले विहिबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले सर्वोच्च, उच्च र जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाको आदेश विपरित ईट्टा उद्योगहरु संचालन गरेको भन्दै आपत्ति जनाएको हो । नगरपालिकाले अदालतको आदेश पालना गर्न उद्योगी ब्यवसायीहरुलाई अनुरोध पनि गरेको छ ।

    पत्रकार सम्मेलनमा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार नमोबुद्धलाई वातावरण मैत्री र स्वच्छ नगर बनाउने उद्घोष अनुसार अगाडी बढेको बताए । ‘नगर विभिन्न अदालतमा विचराधीन मुद्धाको अन्तिम किनारा नहुँदासम्म वातावरण प्रदुषण हुने कार्य नगर्न नगराउन अनुरोध गर्दछ ।’ नगरप्रमुख तिमल्सिनाले भने, यदि व्यवसायीले अटेर गर्छ भने छिट्टै कानूनी प्रक्रियामा नगरपालिका जानेछ । नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले विशेष नगरसभा बोलाएर यसबारे छिनोफानो गर्ने जानकारी दिए । नगर प्रमुख तिमल्सिनाले पत्रकार सम्मेलनमा भट्टामा आगो लगाउनको लागि तत्काल रोक्न पत्राचार भएको, सूचना जारी गरेको तथा कानुन बमोजिम कारवाही गर्ने जानकारी समेत गराउँदा समेत जर्बजस्ति अटेर गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस