पाँचखभएका क्रियाकलाप र भावि योजना बारे छलफल भएको छ । नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष एवं पाँचखाल जेसिजको निरुपित गौतम शाहको उपस्थितिमा शाखाले गरेका कामका बारेमा समिक्षा तथा भावि योजनाबारे छलफल भएको थियो ।
पाँचखाल जेसिजका अध्यक्ष चिरञ्जीवी आचार्य (दिलिप)को अध्यक्षतामा भएको कार्यक्रममा पाँचखाल नगर उप प्रमुख लक्ष्मी दनुवार, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा र पाँचखाल जेसिजका कार्यकारी उपाध्यक्ष सुनिल लुईटेल, महासचिव राजाराम पौडेल, कोषाध्यक्ष्य मनोज थापा, कानुनी सल्लाहकार यादव सापकोटा, उपाध्यक्षहरु सरिता अधिकारी , सोबिता दाहाल, पाँचखाल जेसिजका जनसम्पर्क संयोजक पवन गौतम, शाखा सम्पादक रामहरि सापकोटा, जेसिज अभियानका विनय सापकोटा , मन्दिरा लुईटेल, विमला तिमल्सिना लगायतको सहभागीता रहेको थियो ।
जेसिज अभियानका विषयमा नेपाल जेसिजका निरूपित राष्ट्रिय उपाध्यक्ष गौतम शाह, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, वडाध्यक्ष द्वय सुन्दर अधिकारी र सुन्दर लामाले मन्तब्य राखेका थिए । माहासचिव राजाराम पौडेलले सञ्चालन गरेका कायक्रमको रमेस भुर्तेलले संयोजन गरेका थिए । कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको जन्मदिन भएकोले शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस