२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पाँचखाल ८ का महिलालाई स्वरोजगार बनाउन गुडिया बनाउने तालिम

  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ३ हप्ता अघि
  • ३४७ पाठक संख्या
  • पाँचखाल ८ मा गरिबीका रेखामुनि रहेका आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका बिपन्न वर्गका सामुदायलाई लक्षित गरी साना व्यवसाय सञ्चालनमा सहयोग पुर्याउने र स्वरोजगार बनाउने उदेश्यले गुडिया बनाउने तालिम दिइएको छ ।

    पाँचखाल नगरपालिकाको आयोजना तथा नेपाल सरकार उद्योग, वाण्ज्यि तथा आपुृतीमन्त्रालयको सर्शत अनुदानमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत उद्यमशिलताको माध्यमबाट स्थानिय स्रोत साधान र बजार मागमा आधारित लघु तथा सानाव्यवसाय संचालन गराई स्थानीय स्तरमानै रोजगारी सृजना गरी आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले गुडिया बनाउने तालिम दिईएको उद्यमविकास सहजकर्ता भवानी न्यौपानेले जानकारी दिईन ।

    सहभागितामुलक ग्रामिण लेखाजोखाको माध्यमबाट घरधुरी सर्बेक्षण र उद्यमशिलता बिकास तालिम पश्चात बजार माग र सहभागिहरुको चाहानामा आधारित पाँचखाल नगरपालिका वडा नं ८ का १२ जना सहभागिहरुलाई गुडिया बनाउने तालिम दिइएको थियो । पाँचखाल नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोग र दिगो उद्यम तथा सामाजिक बिकास केन्द्रको आयोजनामा संचालन गरिएको तालिमको सोमवार एक कार्यक्रमका विच समापन गरियो ।

    समापन कार्यक्रममा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले तालिम प्रभावकारी भएको र यस व्यवसायलाई व्यवस्थित रुपमा अगाडी बढाउदै गएमा त्यहाका महिलाहरु आर्थिक रुपमा सक्षम हुने बताईन । उनले सहभागिहरुलाई व्यवसाय संचालनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गरिन । नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले सहभागिहरुलाई आवश्यक पर्ने मेशिन औजार र आवश्यक परेमा एड्भान्स तालिमको समेत व्यवस्थागर्ने प्रतिवद्धता व्यक्त गरे । सहभागि रविना शाक्यले व्यवसायमा सफलहुने तरिका, गुडिया बनाउने सिकाईले व्यवसायिक रुपमा काम गर्न सजिलो भएको बताईन ।

    प्रतिक्रिया दिनुहोस