२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पनौती प्रहरी इन्चार्ज सन्तोष फागुन महिनाको उत्कृष्ट प्रहरी

  • २०७७ चैत्र ७, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • ६६ पाठक संख्या
  • प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्

    जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले बानियाँलाई पनौती इन्चार्जको रुपमा राम्रो काम गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित भएका हुन ।

    कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको हो । बानियाँले पाकेटमार, जुवातास खेल्नेरखेलाउने पक्राउ गर्ने देखि लिएर फरार अपराधीको पहिचान गरी पक्राउ गर्न सफल भएका थिए ।

    बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर ३ हेटौंडा दरबन्दी भई हाल प्रहरी चौकी पनौती, काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी नायब निरीक्षक बानियाँ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस