२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मंगलटारमा एकहप्ताको विचमा विभिन्न पार्टी परित्याग गरी १ सय १ तथा शनिवार सिपालीमा ५० जना काँग्रेसमा प्रवेश

  • २०७७ चैत्र ७, शनिबार मा प्रकाशित ३ साल अघि
  • १७८६ पाठक संख्या
  • एक हप्ताको विचमा मंगलटार र सिपालीमा विभिन्न पार्टीका डेढ सय नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

    नेपाली कांग्रेस रोशि गाउँपालिका ९ ले मंलगटार र काठमाण्डौमा गरेको कार्यक्रममा विभिन्न पार्टीबाट १ सय १ जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए भने रोशी ६ सिपालीमा विभिन्न पार्टीबाट ५० जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

    नेपाली काँग्रेस रोशी ९ मंगलटारले काठमाण्डौमा आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र काभ्रेका जिल्ला सदस्य तथा दलित मोर्चाका उपाध्यक्ष तुलसा बहादुर सुन्दास बुद्ध लामा, राजु लामा, शङ्ख लाल तामाङ, कान्छा रिदम तामाङ, जगतमान वाइवा, कमल वाइवा, तेर्साङ तामाङ, रोशन तामाङ, सुनिल तामाङ, दिपेन्द्र वाइवा, हिरालाल तामाङ, घेसाङ तामाङ, कर्मध्वज तामाङ, सुरज तामाङ, रोहित तामाङ, मचक सि तामाङ, लनम सि तामाङ, गुन्जमान तामाङ लगायत माओवादी केन्द्रबाट तथा नेकपा एमालेबाट प्रवेश गर्नेमा आशुसेन लामा, विजय लामा, आकाश लामा, लालकुमार लामा, पाराङ लामा, दुधराज लामा, विवेक लामा, दिलिप लामा, सिदान्त लामा, गणेश बहादुर लामा, राकेश लामा, कान्छा लामा, पन्डित लामा, वसन्त क्यापछाकी मगर, उत्तर लामा, बिर्ख लामा, अनिल लामा, लाल बहादुर लामा, जि वि लामा, करण लामा, रोशन मगर, सन्जिव राई, दिपेन्द्र लामा लगायत छन् ।

    नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेल, बिशेष अतिथी संविधानसभा सदस्य एवं पूर्व सांसद युवा नेता तिर्थ लामा, नेपाली काँग्रेस काभ्रेका सचिव दिनेश लामा, नेपाली काँग्रेस महधिबेसन प्रधिनिधी एबम खेलकुद बिभाग केन्द्रिय सदस्य चन्द्र लामा, नेपाली काँग्रेस काभ्रे क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम योन्जन लगायतले स्वागत गरेका थिए ।

    यस अघि नेपाली कांग्रेस रोशी गाउँपालिका वडा नं ९ मंगलटार कार्यसमितिद्वारा मगलटार बजारमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व माओवादीका जिल्ला सदस्य सहित ४६ जना बढि युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

    यसैक्रममा नेपाली कांग्रेस रोशी गाउँपालिकाका वडा नं ६ सिपाली चिलाउनेमा ५० जना विभन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिवार वडा नं ६ कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको वडा सदस्य उम्मेवार कान्छीमाया तामाङ सहित ५० जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

    नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र न १ का सभापति तीर्थ लामा, नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार एवं नेता गणेश लामा, नेपाली कांग्रेस का क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई र राम योञ्जन, नेविसंघका महामन्त्री मनोज बैद्य, नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष पदम बहादुर लामा लगायतले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस