२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पाँचखाल उद्योग बाणिज्य संघको अगुवाईमा ढकतराजुको नापतौल जाँच र नबिकरण

  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ४ हप्ता अघि
  • २०५ पाठक संख्या
  • पाँचखाल उद्योग बाणिज्य संघको अगुवाईमा पाँचखालका घरदैलोमा नापतौल विभागले ढक, तराजु, डिजिटल काँटाको नविकरण तथा जाँच भएको छ ।

    पाँचखाल उद्योग बणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले व्यवसायीको सहजताको लागि महासंघको आग्रहमा नापतौल विभागले पाँचखालको घरदैलोमा ढक, तराजु, डिजिटल काँटाको नविकरण तथा जाँच गरेको जानकारी दिए । स्थानीय उद्योगी व्यवसायीहरुको सेवाको लागि पाँचखाल उद्योग बाणिज्य संघ क्रियाशिल छ ।

    केहि समय अघि पाँचखालका उद्योगी तथा व्यवसायीहरुलाई करदाता शिक्षा दिईएको थियो । पाँचखाल उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय धुलिखेलको आयोजनामा पाँचखालका उद्योगी तथा व्यवसायीहरुलाई करदाता शिक्षा दिईएको थियो ।

    प्रतिक्रिया दिनुहोस