नेपाल टेलिभिजनको महाप्रवन्धकमा काभ्रेको तिमाल गाउॅंपालिका–१ सस्यूंखर्कका फूलमान बल नियुक्त भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो । बल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् ।
यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस