२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेपाल समूहको निर्णय : राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, ओलीको चियापानमा नजाने

  • २०७७ चैत्र २, सोमबार मा प्रकाशित ३ साल अघि
  • ९८२ पाठक संख्या
  • नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बानेश्वरमा आफ्ना पक्षलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता बारे जानकारी गराएका छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि खनाल नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा आफ्ना पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय गरेको छ ।

    धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको​ खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान समेत निर्देशन दिएको हो । खनाल नेपाल समूहले चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई पनि नरोक्ने बताएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षले बताएको हो ।

    प्रतिक्रिया दिनुहोस