२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

मंलटारमा माओवादीका जिल्ला सदस्य सहित ४६ जना काँग्रेस प्रवेश

  • २०७७ चैत्र १, आईतबार मा प्रकाशित १ महिना अघि
  • ३५६ पाठक संख्या
  • नेपाली कांग्रेस रोशी गाउँपालिका वडा नं ९ मंगलटार कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व माओवादीका जिल्ला सदस्य सहित ४६ जना बढि युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्।

    कांग्रेस प्रबेश गर्नेमा पूर्व माओवादी काभ्रे जिल्ला सदस्य एवम् मंगलटारका अध्यक्ष बिर बहादुर तामाङ, माओवादी जिल्ला सदस्य पृतान्त तामाङ, कलाकार एवम् जिल्ला सदस्य रोशन तामाङ, पुर्व जनमुक्ति सेना मानकाजि तामाङ, तेन्जी दोर्जे तामाङ, सर्बिक तामाङ, कान्छा विश्वकर्मा, कविराज काल्तान, लाल कुमार काल्तान, वाङ्जु वाइवा, ङेमा दोर्जे तामाङ, भिमसेन तामाङ, चम्पा तामाङ, संग्राम तामाङ, लाल बहादुर वाइवा, डिल बहादुर तामाङ, गजव सि तामाङ, सुस्मिता तामाङ, सन्जयलाल तामाङ र नेपाली कांग्रेस रोशि गा पा वडा नं ९ का गाउँ एकाइ समितिका सदस्य बेन बहादुर ठकुरी छन् । त्यस्तै खेल बहादुर मगरको नेतृत्वमा एमाले पार्टीबाट ढिल बहादुर रखाल, खड्ग बहादुर रखाल, रमेश कुमार तामाङ, लाक्पा लामा, गोभरभन पिठाकोठे, संग्राम लामा, महेश मगर, रजनी मगर, होम बहादुर मगर, रित बहादुर पुलामी, चन्द्र क्यापछाकी, एक कुमारी यसमाली, सुशील पुलामी मगर, लाल बहादुर मगर, रत्न बहादुर पिठाकोठे, जंग बहादुर तामाङ, सुकु माया यसमाली, रोशि गा पा वडा नं ९ मंगलटारका पुर्व शिक्षक एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका केदार श्रेष्ठ, रोशि गा पा वडा नं ११ का अनुभ तामाङ, रोशि गा पा वडा नं ८ बाट एमाले पार्टी परित्याग गरी काँग्रेसमा उमेश तामाङ, शङ्खबुद्द तामाङ, अभिलास तामाङ, छेवाङ लामा, कुमार मोक्तान, मुनाल तामाङ, रिजन तामाङ लगायत विभिन्न पार्टी परित्याग गरि ४६ जना भन्दा बढि युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन।

    नवप्रबेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइ,  जिल्ला सचिव दिनेश लामा, प्रतिनिधी सभा सभापति एवं संविधान सभा सदस्य तिर्थ लामा, काभ्रे प्रदेश १ का सभापति राम योन्जन, नेपाली कांग्रेस तरुण विभागका बागमती प्रदेशका उपसंयोजक दावा लामा, क्षेत्रीय सचिव गुणराज मुक्तान लगायत स्थानिय नेताहरुले कांग्रेस पार्टीमा स्वागत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस