२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

  • २०७७ फागुन २८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १८१ पाठक संख्या
  • उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौँमा वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालको प्रमुख आतिथ्यमा उक्त कथा संग्रहको लोकार्पण गरिएको हो ।

    लोकार्पण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, पूर्व संसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका कमल ढकाल, साहित्यकार डा. तुलसी भट्टराई, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष महेश पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ का अध्यक्ष शान्तराम बिडारी, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाजका जीवनलाल शर्मा, पड्याल बंह महासंघका उपाध्यक्ष दिपकप्रसाद पौड्यालले किताब माथि चर्चा गरेका थिए ।

    कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस