२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पतञ्जली योग समितिद्वारा महाशिवरात्रीमा २४ घण्टा होम

  • २०७७ फागुन २८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ९८ पाठक संख्या
  • पतञ्जली योग समिति काभ्रेले महाशिवरात्रिको अवसर पारी बनेपाको चण्डेश्वरी मन्दिर प्राङ्गणमा २४ घण्टा अखण्ड गायत्री मन्त्र तथा महा मृत्युञ्जय मन्त्र जप गर्दै होम आयोजना गरेको छ ।

    विहिबार बिहान १० बजेबाट शुरु भएको होम कार्यक्रम शुक्रवार बिहान १० बजेसम्म निरन्तर रहेको पतञ्जली योग समिति काभ्रेको भनाई छ । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले शान्ति, समाज र वातावरण शुद्धिको लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको जानकारी दिए ।

    महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवंगत आत्माको शान्तिको लागि यज्ञ आयोजना गरेको उनको भनाई छ । शिवरात्रिको दिन गरिएको महामृत्युञ्जय मन्त्र र गायत्री मन्त्रको जप गर्ने कार्यक्रममा ईच्छुक सबै महानुभावहरुले सहभागिता जनाउन सक्ने गरी कार्यक्रम तय गरिएको थियो । यज्ञमा आफ्नो मनलाई शान्त पार्नको लागि हरेक व्यक्तिले होम गर्न समेत सक्नेभएकाले जौ, तिल र शुद्ध गाईको घ्युद्वारा होम गर्ने वातावरण मिलाईएको पतञ्जली योग समितिले जनाएको छ ।

    कार्यक्रममा पाँचखाल नगर प्रमुख महेश खरेल, धुलिखेलका प्रमुख अशोक ब्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, बनेपा नगरका उप प्रमुख रेखा दाहाल, धुलिखेल नगरका उप प्रमुख बिमला शर्मा, बनेपा ५ नं. वडा अध्यक्ष बलराम अधिकारी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य, युवा व्यवसायी रत्नकुश रञ्जितकार, पतञ्जली योग समिति वागमती प्रदेशका पदाधिकारीहरु, पतञ्जली योग समिति काभ्रे, महिला र युवा एवं बनेपा नगर समितिका पदाधिकारीहरुको उपस्थितिमा भइरहेको सो होम यज्ञमा सहभागीहरुलाई प्रसाद वितरणको समेत कार्यक्रम आयोजना गरिएको पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमन कुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस