२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा

  • २०७७ फागुन २८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ९९ पाठक संख्या
  • नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको थियो । बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको श्रोतको भनाई छ ।

    अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

    समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस