२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

आफ्ना क्षेत्रका विद्यालयलाई शौचालय, प्रयोगशाला र पुस्तकालय दिने रोशीको निर्णय

  • २०७७ फागुन २५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • १२० पाठक संख्या
  • रोशी गाउँपालिकाले आफ्ना क्षेत्रका विद्यालयहरुलाई शौचालय, प्रयोगशाला र पुस्तकालय लगायत सहयोग गर्ने निर्णय गरेको छ ।

    गाउँपालिका अध्यक्ष डिबि लामाको अध्यक्षतामा बसेको गाउँ शिक्षा समितिको वैठकले नेपाल सरकारबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको शसर्त अनुदानका कार्यक्रमहरु अन्तर्गत वास सहितको शैचालय इन्द्रोदय आधारभूत विद्यालय रोशी ८, गणेश माध्यमिक विद्यालय रोशी १२, पञ्चकन्या मावि रोशी १०, देवी मापि रोशी ३ लाई वितरण गर्ने निर्णयगरेको छ ।

    त्यस्तै पोक्रा मावि रोशी ११, गणेश मावि रोशी १२ लाई विज्ञान प्रयोग शाला प्रदान गर्ने निर्णय गरेको छ भने पञ्चकन्या मावि रोशी १० र नागदेवी मावि रोशी ४ लाई पुस्तकालय वितरण गर्ने निर्णय गरेको रोशी गाउँपालिकाले जनाएको छ ।

    त्यस्तै बैठकले विन्धवासिनाी मावि रोशी १२, भूमेस्थान प्रावि रोशी ८ र अमरनाथ प्रावि रोशी ७ लाई अंग्रेजी, गणित, विज्ञान विषयका किट्स सामग्री वितरण गर्ने निर्णग गरेको छ । त्यसैगरी नयाँ शैक्षिक शत्र २०७८ को शैक्षिक क्यालेण्डर निर्माण गर्न शिक्षा शाखाले सम्बद्ध पक्षहरुसँग निर्माण गर्न शिक्षा शाखालाई जिम्मेवारी दिने र रोशीको शैक्षिक गुणस्तर सुधार गर्न २०७७ साल चैत्र महिना भित्र माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक गोष्ठी सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले जानकारी दिए ।

    वैठकमा प्रमुख प्रशासकिय अधिकृृत डम्बरु दाहाल, समाजिक विकास संयोजक एवं वडा अध्यक्ष धनजीत लामा लगायतका अन्य सदस्यहरुको उपस्थिति रहेको शिक्षा शाखाका भिम प्रसाद भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस