२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

दाहाल–नेपाल समूह : पूर्वमाओवादी र पूर्वएमालेको रुपमा अलग–अलग

  • २०७७ फागुन २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • ११६६ पाठक संख्या
  • दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले पूर्वमाओवादी र पूर्वएमाले अलग–अलग भएर ओलीविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    ‘सर्वोच्च अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्‍नैपर्‍यो’ बैठकबाट बाहिरिँदै झलनाथ खनालले भने ।

    आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदारहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने उनीहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस