२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

मृगौला पीडित दंगाललाई आर्थिक सहयोग

  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित २ साल अघि
  • १५५९ पाठक संख्या
  • हातेमालो युवा समाजको अध्यक्ष एवम नेपाली काग्रेस काभ्रेका कार्यालय सचिव युवा नेता विनोद तिमल्सिना र उनका धर्मपत्नी सरस्वती तिमल्सिना खनालको ११ औं वर्ष गाठको अवसरमा बानेश्वरको आनन्द ईभेन्टमा ‘रामहरी बचाउ’ अभियानमा सहयोग गरेका छन।

    आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकी बिगत ७ महिना देखि अस्पतालको शैयामा छट्पटाइ रहेका बेथानचोक गाउँपालिका २ का रामहरि दङ्गाललाई विभिन्न क्षेत्रबाट सङ्कलित ९३ हजार हजार ७ सय ८५ रुपैया हस्तान्तरण गरिएको हो । नेपाली काग्रेस जनसम्पर्क समिति साईप्रसकी महामन्त्री सरस्वती तिमल्सिना खनालले अगुवाईमा संकलन भएको तथा रामहरि बचाउ अभियान अन्तर्गत वेथानचोक २ का अष्टमान तामाङले संकलन गरेका १३ हजार ८ सय ५० रुपैया दंगाललाई हस्तान्तरण गरिएको थियो । साईप्रसमा जम्मा भएको रकम विनोद तिमल्सिनाले तथा अष्टमानले जम्मा गरेको रकम बेथानचोक क्षेत्र सरोकार समाजका सल्लाहकार मछिन्द्रकुमार लामाले हस्तान्तरण गरेका थिए ।

    रकम हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य, पुर्व मन्त्री तथा प्रतिनिधि सभा २ का सभापति कन्चन चन्द्र वादे , वरिष्ठ पत्रकार परशु घिमिरे, नेपाली काग्रेस काभ्रेका प्रवक्ता महेश पौडेल ,नवराज तिमल्सिना ,राम तिमल्सिना ,मिठाराम बास्तोला , बनेपा २ का वडा सदस्य गंगा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस