२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

सबिताको लोक दोहोरी गीत शितल दिने कर्के नजर बजारमा

  • २०७७ फागुन २०, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ४६८ पाठक संख्या
  • नेपाली लोक गीत संगीत को बजारमा दिनै जसो लोक नयाँ नयाँ लोक दोहोरि गितहरु बजारमा आइरहेका छन्।

    पछिल्लो समय कांठ क्षेत्रका गीतहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गीतहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायीका सबिता ढुंगानाको लोक दोहोरी कोशेलि शितल दिने कर्के नजरमा बजारमा आएको छ । गीतको लोक लय शब्द सबिता ढुंगाना को स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्स ले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्। भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।

    नेपाली लोक दोहोरी छेत्र आफ्नो पहिचान स्थापित गर्न यो गीत ले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताइन । गीत डी ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।

    प्रतिक्रिया दिनुहोस