२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

जातिय विभेदले तोडेको प्रेम

  • २०७७ फागुन १९, बुधबार मा प्रकाशित १ महिना अघि
  • २४५ पाठक संख्या
  • समाजले व्यक्ति बनाउँछ कि व्यक्तिले समाज ?
    जातिय विरुद्ध कलम चाल्दा र अभियान सुरु गर्दा हरेक व्यक्तिलाई प्रश्न गर्न मन लाग्छ कतै तपाईं त भेदभाव भएको छैन नि ?

    लत बस्यो भन्थे मलाई यो शब्द धुम्रपान अनि मद्यपानमा मात्र लागु हुन्छ होला जस्तो लाग्थ्यो तर आज महसुस हुँदै छ सबैभन्दा बलियो लत मायामा लाग्दो रहेछ, व्यवहारमा लाग्दो रहेछ । यसरी लत बसेछ उहाँसँगको निकटतामा, सम्बन्धमा टुटिसक्दा पनि खुल्ला संसार हुँदा पनि पिँजडाको महसुस गर्दैछु ।

    प्रकृति आफ्नै गतिमा चल्दैथ्यो, समयले आफैंलाई निरन्तरता दिँदैथ्यो अँध्यारोसँग प्रतिस्पर्धामा जितेर उज्यालोको आगमन हुँदैथ्यो, हरेक दिन उज्यालो आगमनसँगै उसको फोनको घण्टीमा बिउँझेर उसको गुड मर्निङ हेर्दै आँखा खोलेर दिनको सुरुवात गर्ने पनि लत बसिसकेको थियो मलाई, बाँकी सबै कुराले निरन्तरता दिए पनि आज मेरो खुशी भने आफ्नो बाटो मोडेको छु । निरन्तरताबाट विचलित भएको छु, आजबाट त्यो लत टाढा जाँदै रहेछ, उसको शब्दबाट आज मेरो दिन सुरुवात हुन पाएन मनले धेरै कुरा अड्कल काट्यो तर यहि हो कारण भनी ठम्याउन सकेन । हिम्मत जुटाए फोन गरें आज पहिलो चोटि उसले मेरो फोन पनि उठाउनु भएन मन अझै विचलित हुँदै गयो । मलाई मनको बाघले खाँदैथियो, कुनै ठूलो समस्याले त घेर्दै छैन । धेरै खालको प्रश्नहरु बिच मन र दिमागको द्वन्द्व चल्दै थियो, अचानक फोनको घण्टी बज्यो, फोन घण्टीसँगै मुटुको धड्कनले पनि फरक गतिमा चल्यो हतार–हतार फोन उठाएँ । अथाह् प्रश्न थिए मनमा तर निलो बटम थिचे लगतै उसको मलिन आवाजले मेरो आवेगलाई घटायो र प्रश्नहरु आफैं सेलाए, दिमाग शुन्यतामा कुदेछ र एउटै प्रश्न सोधें के भयो ? उहाँले पहिलो शब्दमै केही अस्पष्ट जस्तो लाग्ने तर निकै गहकिलो शब्द दबाबले खुशी ढल्न खोज्दै छ, हाम्रो प्रेमको बिच जातको तगारो बनाएर हाम्रो खुशीहरु लुट्न तालिम प्राप्त सिपाहीहरु लागिपरेका छन्, मेरो मनमा अटाउन सक्ने तिमी मेरो घरमा अटाउन मिल्दैन रे । यि शब्दहरुको साथ भक्कानिनु भयो उहाँ, म निःशब्द भए आँखामा कालो बादल लागेछ ।

    केही बेर शुन्यतामा कैद र मौन बसें । चिच्याएर रुन मन लाग्दै थियो तर सकिनँ । धेरै पानी भई बोकेको समुद्र र खहरे खोला बिचको अन्तरलाई सम्झें सायद त्यही भएर म पिडा अथाहा छ तर आवाज निकालें, पिडा पोख्ने परिस्थिति छैन । मन खुल्दुली र प्रश्न राज गर्दै थियो । केही हिम्मत जुटाएर भेटको प्रस्ताव राखे, प्रतिप्रश्न नगरी स्वीकार्नुभयो । सम्बन्ध लामो भएन, कुनै योजना पनि बनिएर एकअर्कालाई मनपर्ने क्याफेहरु बिचको वार्तालाप पनि गरिएका आफैंले भने युनिभर्सल क्याफे यतिमै फोन राखियो । टेबलभरि सजिएको श्रृंगार हेरें, फेरि कसको लाग किन सजिने म यहाँ त मेरो सुन्दरता र व्यवहारलाई होइन, जातलाई मूल्यांकन गरिन्छ भन्ने लाग्यो अनि कुनै श्रृंगारले आफूलाई नसजाउने निर्णय गरें र सदा भन्दा निकै उराठ लाग्दो प्रकृति ठूलो भिड थियो तर एक्लो महसुस आफ्नै गतिमा हिँड्दै थिएँ । साइडको दिदीले तपाईंको हातमा फोन बज्दैछ बहिनी भनिन् । म झस्किएर हतार–हतार फोन उठाएको तिमी त्यही रोकिउ, लिन आउनुभएको रहेछ तर खुशीलाई बिदा गरेर मुस्कानलाई थाँती राखेर फिका अनुसारको बस यो भन्दा बढी शब्दहरु पोख्नु भएन । चुपचाप बसे, मानौं कुनै अपरिचितसँग लिफ्ट मागेर बाइक चढेको जसरी सामाजिक दूरी कायम गरेर बसे । हामीबीच निकै मौनता छाएको थियो, प्रश्न अथाह थिए तर उत्तरविहिन थियौं । दुवैको चोट अथाह थियो तर एकअर्काले दिएका थिएनौं, उहाँले धेरै भूमिका बाँध्न चाहनुभएन । उहाँलाई थाहा थियो, म उहाँको चित्रलाई नि बुझ्न सक्थें अनि भावलार्य पनि यतिकैमा वेटर मेनु अगाडि राख्नुभयो । मैले कालो कफी भनें उहाँले त्यसमै सहमति जनाउँदै भन्नुभयो, मैले आफन्तसँगको लडाईंमा हारें, जसले धेरै माया ग¥यो, उसलाई थाहा थियो । मलाई कहाँ बढी चोट लाग्छ भने त्यसैले त्यही हतियारको प्रयोग गरी चोट दिनु हामी हाम्रो प्रेमको बिचमा जातलाई तगारो बनाएर एउटा रोज्ने अप्सन दिनु र दुईटै मेरो लागि महत्वपूर्ण छन् । एउटालाई गराउन बाध्य बनाउँदै हुनुहुन्छ तर जसलाई हराएपछि चोट मलाई नै लाग्ने छ यि शब्दहरुले मलाई निशब्द बनायो । केही बोलिनँ मात्र होइन एकअर्काको मनको खुशीलाई पनि बिदा गरेर उठेयौं । दिनभरि उज्यालोको महसुस भएन, रातको आगमन भइसकेछ । ढल्किरहेको थिएँ तर निन्द्रा म भन्दा टाढा र पिडा नजिक थियो । त्यसैले निदाउन सकिनँ, मनमा धेरै प्रश्न उठे ।

    गल्ती कसको थियो ? मेरो पे्रमको वा संस्कारको ? मैले आफूलाई न्यायधिश बनाएर इजलास सुरु गरें । सबैभन्दा पहिला मलाई त्यो परिवारसँग रिस उठ्यो, फेरि सोचें आफूलाई भन्दा धेरै प्यार गर्ने अनि ख्याल गर्ने त्यो प्रिय मान्छेको जन्मदाता हो, त्यसैले आवेग र पिडालाई बार लगाएँ । ताकी यो मनले निश्चित घेरा भन्दा पर गएर नसोचोस् । तैपनि घेरालाई नाघेर प्रश्नहरु उठिरहे, मनलाई अझै पनि एउटा प्रश्न सोध्न मन लाग्दैथयो, किन संस्कारको आडमा सन्तानको खुशी किन विचलित पार्दै छौ भनेर ? तर असफल भइसकेको परीक्षाको प्रश्न सोधेर आफैंलाई लज्जित बनाउन चाहिनँ । त्यसैले आफैंलाई दोषीको कठघरामा उभ्याएँ र सोचें, मैले उसको जन्मदाता हराएर आफूले जित्नुको अर्थ छैन भनेर रहरको प्रेमसँगै जिउने चाहनाको ज्वालामा मैले तेल नथप्ने निर्णय गरें ।

    युगभन्दा प्रगतिशील भएर पनि त्यो युगको प्रभावबाट मुक्त हुन सकेको छैन हाम्रो समाज । संस्कारको आडमा धेरै खुशी ढलेको छ भने धेरै विचलित भएका छन् । एउटा सम्बन्ध टुट्दै गर्दा सम्बन्ध मात्र सकिँदैन, सदाको लागि खुशीहरु पनि ढल्छन् ।

    जातिय भेदभाव विरुद्ध अभियान चल्दै गर्दा मेरा मनमा प्रश्न आउँछ, कतै तपार्इंकै घरमा त भेदभाव भएको छैन ? परिवर्तन उहाँबाट तपाईंबाट सुरु गर्नुस् ।

    रोशी–६, सिपाली, काभ्रे

    प्रतिक्रिया दिनुहोस