२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

चौंरीदेउरालीमा फागुन २८ देखि अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता हुने

  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित १ महिना अघि
  • १५० पाठक संख्या
  • चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ को मिति तय भएको छ । प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म हुने गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए ।

    वडा नं. ३ को माझीफेदा खेलमैदानमा हुने प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुनेछन् । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी संख्या अतिरिक्त र अफिसियल सहित १३ जनाको सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार यो पटक प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस