२०७८ श्रावण १५, शुक्रबार | Fri, 30, Jul, 2021

शिक्षण पेशा छाडेर कफि खेतिमा रमाउँदै मेजरमान

  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • ३८९ पाठक संख्या
  • महाभारत /लगनशिल तरिकाले लाग्यो भने सफल होईन्छ भन्ने उदाहरण महाभारतका मेजरमान थिङले स्थापित गराएका छन् । लामो समय शिक्षण पेशामा आवद्ध थिङ केहि बर्ष देखि व्यवसायी बनेका छन् । उनले डााँडापारीको विकट क्षेत्र मानिएको महाभारत गाउँपालिका ६ मा कफि खेति गरेर व्यवसायीको रुपमा नाम कमाएका छन् ।

    केहि बर्ष अघि महाभारत गाउँपालिका ६ का मेजरमान शिक्षण पेशमा आवद्ध थिए । १८ बर्ष सम्म शिक्षण पेशामा आवद्ध मेजरमानले अध्यापनकै शिलशिलामा कफि खेतिबारे जानकारी लिए । अहिले उनी शिक्षण पेशावाट तीन महिनामा कमाउने एकै महिनामा कमाउँदै आएका छन् । ‘शिक्षण पेशामा हुँदा जिविको मात्र चल्ने अनि अरुको खटनमा चल्न पर्ने, आफ्नै व्यवसाय भएपछि कमसेकम आफ्नो समयअनुसार पनि गर्न पाईने, अनि शिक्षक भएर कमाएको भन्दा तेब्बर रकम पनि कमाईने ।– मेजरमानले भने ।

    ४ सय ५० बोट कफि खेति गरेका मेजरमानले एउटै बोटबाट ३० ३० किलो सम्म कफि फलाएका छन् । उनले उत्पादन गरेको आर्गानिक कफि काभ्रेको पाँचखाल लगेर बेच्ने गरको बताए । ‘भौगोलिक विकटता छ, नजिकै बजार भए सजिलो हुन्थ्यो तै पनि उत्पादन गरेको भन्दा माग बढि छ ।’–उनले भने । उनी कफि खेति सँगै अन्य खेति पनि गर्ने योजनामा छन् । एउटै बारीमा तिन थरी सर्पगन्धा, घिउफल तथा कफि खेति गर्ने उनको योजना छ । एउटै ठाउँ अनि एउटै बारीमा तीवटा फल फलेपछि आम्दानी पनि बढ्ने उनको भनाई छ । उनी नेपालमै अझ विकट क्षेत्र डाँडापारीमै केहि सम्भावना भएको बताउँछन् । ‘नेपालमा काम नपाएको हैन, नगर्या हुन्, इच्छाशक्ती भो भने, मिहेनत गर्ने हो भने सबै ठाउँमा आम्दानी छ ।’–मेजरमानले भने ।

    आफुले खेति गर्ने ठाउँमा सिंचाईको सुविधा नभएकोले अझ सोचे जस्तो आम्दानी नभएको गुनासो गरे । सिंचाईको सुविधा छैन्, बर्षाको भर पर्नुपर्छ, यसमा राज्यले सिंचाईको व्यवस्था गरिदिए आम्दानी बढ्ने उनको भनाई छ ।

    महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले कृषि क्षेत्रलाई प्राथमिकताका साथ राखेको बताए । उनले कफि खेतिलाई प्रवद्र्धन गरी व्यवसायिक कफि खेति तर्फ ध्यान केन्द्रीत गर्ने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस