२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको संयोजकत्वमा दुई सदस्यीय समिति

  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ८८ पाठक संख्या
  • सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ । वार्ता समितिको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । बैठकको निर्णय सञ्चार तथा सूचना मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिदै छ ।

    दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधि प्रतिबन्ध गरेको थियो। प्रतिबन्धपछि विप्लव समूहका थुप्रै नेता(कार्यकर्ता पक्राउ परेका छन्। कतिपय नेता अहिले जेलमा छन्।

    केही समयअघि विप्लव समूहले प्रतिबन्ध फुकुवा गरे आफूहरू वार्तामा बस्न तयार रहेको बताएको थियो।

    प्रतिक्रिया दिनुहोस