२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५० विद्यार्थी लाभान्भित

  • २०७७ फागुन १८, मंगलबार मा प्रकाशित १ महिना अघि
  • २२९ पाठक संख्या
  • बेथानचोक ४ को भुमिमाता माध्यमिक विद्यालय र गणेशआधारभूत विद्यालयमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५० विद्यार्थी र अभिभावक लाभान्भित भएका छन् ।

    अफ्रिका एशिया डेस्टिच्युट रिलिफ फाउण्डेशन नेपालको आयोजना, बाबो नानुम फाउण्डेशन कोरियाको अर्थिक सहयोग, बेथानचोक गाउँपालिकाको समन्वय तथा लायन्स क्लब अफ पनौती, प्रिमियर डेन्टल, श्री भुमिमाता मावि र श्री गणेश आधारभूत विद्यालयको सहयोगमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा दन्त सेवा र आँखा परिक्षण गरिएको थियो ।

    बेथानचोक ४ का दुई विद्यालय श्री भुमिमाता मा. वि. र श्री गणेशआधारभूत वि. संचालित २ दिने निःशुल्क स्वास्थ शिविरमा विद्यालयका विद्यार्थी र उनीहरुका अभिभावकको स्वास्थ्य परीक्षण गरिएको प्रोजेक्ट म्यानेजर प्रकाश धमलाले जानकारी दिए । शिविरमा नोर्विक इन्टरनेशनल अस्पतालको वरिष्ट डाक्टरहरुले स्वास्थ जाँच गरेका थिए ।

    संस्थाले कोभिड १९ को समयमा पनि समुदायको ब्यक्तिहरु तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ परिक्षेण गरि निःशुल्क औषधि वितरण गरेको थियो ।

    विगत ९ बर्ष दे्खि काभ्रेका विभिन्न विद्यालयहरुमा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको थियो । संस्थाले दिवा खाजा, विपन्न विद्यार्थीहरुको लागि छात्रवृतिका कार्यक्रमहरु, शैक्षिक सामाग्री वितरण, पुस्तकालय सहयोग लगायतका कार्य गर्दै आएको प्रोजेक्ट म्यानेजर धमलाले जानकारी दिए । त्यस्तै स्ंस्थाले आपतकालीन तथा सङ्कटको समयमा राहात सामाग्रीहरुको वितरण (जस्तै दैनिक उपभोग्य सामान नुन तेल चामल दाल आदी) वितरण गर्ने, समय समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्य गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस