बनेपा नगरपालिकाले नगर भित्रका कृषकहरुलाई उन्नत नश्लको बोयर जातका बोका वितरण गरेको छ ।
नगरपालिकाले १० जना कृषकलाई बोयर जातको बोका वितरण गरेको हो । बोयर जातका बोकाबाट उन्नत जातका बाख्राहरु उत्पादन हुने नगरप्रमुख लक्ष्मीनरसिंह वादेले जानकारी दिए । बनेपा नगरपालिका दुधमा आत्म निर्भर भए सगै केहि बर्ष पछि मासुमा समेत आत्म निर्भरका लागी सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख बादेले नगरमा भानगरबासीहरुको आर्थिक स्तर उकास्न बोयर जातको बोका बितरण गरेको बताए । बोयर बोका वितरण पछि राम्रोसगं संरक्षण गर्न र उत्पादन तथा आर्थिक स्तर उकास्ने काममा लाग्न कृषकहरलाई आग्रह गरे ।
उप प्रमुख रेखा सापकोटा दाहालले नगरले कृषि सामाग्री, पशुपन्छिहरु अनुदानमा वितरण गरिएको बताईन । कृषकहरुलाई तालिम, कृषि औजार वितरण, गोठ सुधार कार्यक्रम, माटो परिक्षण लगाएत कार्य उनको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष तथा आर्थिक समिति संयोजक सचितानन्द केसी, पशु पन्छि शाखा प्रमुख श्याम महतो लगाएतकाले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस