२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पाँचखाल नगरको आठौ नगर सभा सम्पन्न, कृषि नीति पास

  • २०७७ फागुन १६, आईतबार मा प्रकाशित १ महिना अघि
  • १८१ पाठक संख्या
  • पाँचखाल नगरपालिकाको आठौ नगर सभा विभिन्न विधयेक, ऐन पास गर्दै सम्पन्न भएको छ । सभामा नगर प्रमुख एवं नगर सभा अध्यक्ष महेश खरेलले प्रस्तुत गरेका आर्थिक विधेयक २०७७ प्रथम शंशोधन, विनियोजन विधेयक शंशोधन, कृषि नीति, मदिरा रोकथाम तथा नियन्त्रण ऐन, संघरसंस्था दर्ता ऐन लगायत विधेयक तथा नीति प्रस्तुत गरी छलफल सहित सर्वसम्वत पास गरेको छ ।

    सभामा नगर प्रमुख खरेलले कोरोनाको कारण राजश्व संकलनमा गिरावट साथै नगरले क्रसर उद्योग र बालुवा खानी संञ्चालन गर्न दिने लक्ष राखेपनि स्थानीयसंग छलफल गर्ने कार्य नसकिएकोले सो महत्वकांक्षी योजना कार्यान्वयन हुन नसकेको बताए । नगर कार्यपालिकाबाट छलफल गरी तयार गरेको उद्योग संञ्चालन गर्न दिने योजना सफल भएको भए १० करोड राजश्व संकलन हुने उनको भनाई थियो । पाँचखाल नगरमा रहेका जनप्रतीनिधीहरु र कर्मचारी बिच अत्यन्त राम्रो सम्बन्धको कारण कुनै पनि कार्यमा केहीपनि विवाद नरहेको जानकारी दिए । नगरले एक वडा एक पिचलाई प्राथमिकताका साथ राखेको उनको भनाई छ । पाँचखालको कोट्याङका जनताले कालोपत्रे सडक हेर्न पाँचखाल आउनु नपरोस भन्ने उद्देश्यका साथ कोट्याङ जाने सडक कालो पत्रे गर्ने योजना बनाएको उनको भनाई छ ।

    सभामा उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाले चालु आर्थिक वर्षको समग्र प्रगति प्रस्तुत गरेकी थिईन । उपप्रमुख दनुवारले शिक्षा तथा खेलकुद शाखाले सम्पादन गरेका कृयाकलाप, महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा, योजना तथा कार्यक्रम शाखा, रोजगार शाखा, प्राविधिक शाखा, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा, पशुपँक्षी शाखाले गरेका गतविधि र प्रगतिका बारेमा जानकारी गराएकी हुन ।

    सभामा वडा अध्यक्ष एवं प्रवक्ता सञ्जय लामा, वडा अध्यक्ष हरि खतिवडा, वडा अध्यक्ष बालकृष्ण सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

    नगर सभा समापनका क्रममा नगर प्रमुख खरेलले वडा अध्यक्षहरुले उठानु भएका विषयलाई नगरले सम्बोधन गर्ने, पाँचखाल नगरको विकासका लागि तिनै तहका सरकार र संघ र प्रदेशका सांसदहरुसँगको समन्वय गर्ने, चालु वर्षमा रकम अपुग भएका योजनाहरु आगामी वर्ष निरन्तर रहने जानकारी गराउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस