२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

बनेपा ३ मा ३५ भन्दा बढि काँग्रेसमा प्रवेश

  • २०७७ फागुन १२, बुधबार मा प्रकाशित १ महिना अघि
  • २२४ पाठक संख्या
  • बनेपा नगरपालिका वडा नं ३ बनेपा तीनघरेमा विभिन्न पार्टी परित्याग गरी ३५ भन्दा बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बडा नं ३ मा भएको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं एकका सभापति एवं संबिधान सभा सदस्य तिर्थ लामाले नव प्रवेशीहरुलाई खादा लगाएर स्वागत गरेका हुन् ।

    कार्यक्रममा प्रदेश सभा उमेद्वार सुन्दरमणी आचार्य, बाग्मति प्रदेश तरुण विभागका उपसंयोजक दावा लामा, नेविसंघका नेता माधब ढकाल, नेपाल आदिबासी जनजाती संघ काभ्रेका अध्यक्ष रोशन लामा,  बनेपा नगर सचिव महेस कर्मचाय, नेपाली काँग्रेसका वडा सभापति योगराज दाहाल, नेविसंघ क्षत्रीय सभापति हरिशरण बजगाई, नेपाली काँग्रेसका वडा सचिव दिवाकर दाहालले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस