२०७८ बैशाख ३, शुक्रबार | Fri, 16, Apr, 2021

पाँचखालका व्यवसायीहरुलाई करदाता शिक्षा

  • २०७७ फागुन १२, बुधबार मा प्रकाशित १ महिना अघि
  • २१७ पाठक संख्या
  •  

    पाँचखालका उद्योगी तथा व्यवसायीहरुलाई करदाता शिक्षा दिईएको छ ।

    पाँचखाल उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय धुलिखेलको आयोजनामा पाँचखालका उद्योगी तथा व्यवसायीहरुलाई करदाता शिक्षा दिईएको हो ।

    मंगलवार पाँचखाल नगरपालिकाका सभाहलमा सम्पन्न करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले व्यवसायीहरुलाई करका प्रकार, व्यवसाय सञ्चालन गर्दा दर्ता गरेर मात्र सञ्चालन गर्ने, करदाता प्रमाणपत्र दख्ने गरी राख्ने, खाताबहि अध्याबधिक गर्ने, अन्तःशुल्क स्टिकर नभएको अन्तःशुल्क जन्य पदार्थ खरिद विक्री नगर्ने लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत सुवास खत्री, पाँचखाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नविनप्रकाश निरौला लगायतले मन्तब्य राखेका थिए ।

    करदाता शिक्षा कार्यक्रमले पाँचखालका व्यवसायीहरुलाई जरिवानाबाट जोगिन, निय अनुसार काम गर्न, व्यवसायमा अपनाउनुपर्ने सावधानी, के गर्न मिल्ने के नमिल्ने भन्ने कुरामा स्पष्ट भएको पाँचखाल उद्योग बाणिज्य संघ पाँचखालका अध्यक्ष कार्कीको भनाई छ ।

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत राजलवटले निःशुल्क गुर्जोको चिया वितरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस