२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा दीप प्रज्वलन

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १२८८ पाठक संख्या
  • प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा विभिन्न पार्टीले दीप प्रज्वलन गरेको छ ।

    नेपाली काँग्रेसले पाँचखालको तामाघाट, धुलिखेलको सरस्वतीबजार, मण्डनदेउपुरको सिपाघाट बजारमा दीप प्रज्वलन गरेको छ । प्रचण्ड–नेपाल पक्षले बनेपाको चारदोवाटो, पनौती, पाँचखाल तथा धुलिखेलमा दीप प्रज्वलन गरी फैसलाको स्वागत गरेको छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडाैंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस