२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

सुरक्षा निकाय हाई अलर्टमा

  • २०७७ फागुन ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६७६ पाठक संख्या
  • सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए अनुसार सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको अर्यालले बताए ।

    सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।

    प्रतिक्रिया दिनुहोस