२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

पशुपतिमा जलहरी नराख्‍न माग गर्दै प्रधानमन्‍त्रीविरुद्ध रिट

  • २०७७ फागुन १०, सोमबार मा प्रकाशित ३ महिना अघि
  • २८७ पाठक संख्या
  • पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारकाे निर्णयविरुद्ध सोमबार सर्वाेच्च अदालतमा दुई रिट दर्ता भएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् ।

    नेपालको संविधान २०७२ को धारा ४६, धारा ४८ (घ) र धारा १३३ को (२ र ३) बमोजिम उत्प्रेषण, प्रतिशेध तथा परमादेशलगायत अन्य जो जे चाहिने उपयुक्त आदेश जारी गरी पाउँ भन्दै अधिवक्ता नीकिता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्‍चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयविरुद्ध रिट दर्ता गरेकी हुन् ।

    संविधान, कानुनको मर्म र भावना विपरीत विपक्षीहरूले हतार-हतार सम्पन्‍न गर्न लागेको अनन्तकालदेखि स्थापित व्यवस्था, परम्परा विथोल्ने तथा संविधान विपरित कार्य तत्काल प्रतिशेष गरी निर्णय बदर गर्न उनले माग गरेकी छन् । उनले रिटको पाँचौ बुदामा यो कार्य नेपालको संविधान २०७२ धारा ४, १६, १८, १८(२,३), २०(९), २६, ३२(३), ४६ र १३३को (२,३) को मर्म र भावना विपरित रहेको उल्लेख गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस