फैसला कार्यन्वयनको सिलसिलामा भक्तपुर जिल्ला अदालतले गरेको फैसलाका फरार व्यक्ती जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
लागु औषध मुद्धामा २ बर्ष र एक लाख जरिवाना गरेका रोशी ११ का बर्ष २९ का राजिव भन्ने मणिराज श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो । २०७१ साल फागुनमा जिल्ला अदालत भक्तपुरले श्रेष्ठलाई उक्त फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस