२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

विप्लवका नेता बास्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याइदै

  • २०७७ फागुन १०, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४१० पाठक संख्या
  • नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा भएलगत्तै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ । उनलाई केही बेरअघि सर्वोच्च अदालतबाहिरबाट पक्राउ गरेलगत्तै काभ्रे ल्याइदै छ ।

    अदालत बाहिरबाट समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको हो । प्रहरी स्रोतका अनुसार काभ्रेमा बास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको थियो । बन्दी प्रत्यक्षीकरणको रिट दायर भएकोमा सोमबार सर्वोच्चले सुनुवाइ गर्दै उनलाई छोड्न आदेश दिएको थियो । तर अदालतको आदेश पाएर रिहा भए लगत्तै प्रहरीको टोलीले लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो ।

    पुस २९ गते ललिपुरको वाग्मती गाउँपालिकाबाट पक्राउ परेका बास्तोलालाई अदालतले यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै रिहा गरेको थियो । त्यसपछि महानगरी प्रहरी वृत मालीगाउँले नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको मुद्दाका लागि उतै पठाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस