२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

धुलिखेल नगरपालिकाको हिउँदे सभा सम्पन्न

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित ३ दिन अघि
  • ८२ पाठक संख्या
  • धुलिखेल नगरपालिकाको आठौ विद्येयक अधिबेशनको दोश्रो बैठक सम्पन्न गरेको छ ।

    सभाध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अघिल्लो बैठकमा पेश भएका खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७, संक्षिप्त बातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि तथा नगरको सार्वजनिक खरिद नियमावली २०७५, संसोधन २०७७ निर्णयार्थ प्रस्तुत गरेका थिए । नगरको सार्वजनिक खरिद नियमावली २०७५, संसोधन २०७७ पास भएपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले ५ लाख सम्म तथा नगर प्रमुखले १० लाख सम्मको खरिद आदेश गर्न सक्ने निर्णय भएको छ ।

    धुलिखेल नगरपालिकाले कोभिड १९ का बाबजुत पनि आर्थिक वर्ष २०७६/२०७७ मा पूर्वाधार तर्फ ९५.३८ प्रतिशत प्रगति गरेको नगरसभामा प्रस्तुत भयो । त्यस्तै निर्वाचित भएको पहिलो वर्षमा पूर्वाधार तर्फ ९१ प्रतिशत र दोश्रो वर्ष ९२ प्रतिशत उपलब्धी हासिल गरेको नगरपालिकाले जनाएको छ ।

    ‘नगरपालिकाले एक घर एक धारा, बालमैत्री तथा पर्यटकिय पार्कहरु निर्माण, बालमैत्री नगर घोषणा, बालश्रम मुक्त नगर, मेयर गरिवी निवारण कोष मार्फत परिषद गठन गरी ८ सय ६५ जना ब्यक्तिहरुलाई सिप प्रदान, ७ सय क्षमताको सभा हल निर्माण, अपाङ्गमैत्री इको ट्रेल निर्माण, दरवन्दी मिलान गरी १६ वटा विद्यालयमा बहुकक्षा बहुस्तर पद्धतीबाट सिकाई सहजीकरण, स्वस्थ शहर निर्माण, कृषिमा आधुनिकीकरणका लागि प्रविधिमैत्री सामाग्री हस्तान्तरण गरी नेपालकै नमुना नगरपालिकाका रुपमा चिनिएको नगरप्रमुख व्याञ्जुले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस