२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

बुबाआमा गुमाएका बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लियो बनेपा नगरपालिकाले

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित ३ दिन अघि
  • ७४ पाठक संख्या
  • बनेपा नगरपालिकाले वागमति प्रदेश सरकारको सहयोगमा विभिन्न कारणबाट बुबाआमा दुबै गुमाएका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको जिम्मेवारी बनेपा नगरपालिकाले लिने भएको छ ।

    अभिभावक विहिन बालबालिका संरक्षण कार्यक्रम मार्फत बनेपा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका १२ जना बालबालिकाहरुलाई मासिक नगद सहित शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने निर्णय गरेको हो ।

    नगरपालिकाले १८ बर्ष मुनिका अभिभावक विहिन बालबालिकाहरुलाई मासिक ३ हजार, स्वास्थ्य र उच्च शिक्षासम्म सरक्षण गर्ने नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले जानकारी दिए । स्थानीय सरकारले विकासका काम सगै नगरबासीहरुको अभिभाबक समेत भएकाले वाबुआमा गुमाएका वा बेपता भएका १८ वर्ष मुनिका बालबालिकालाई संरक्षण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले सबै बालबालिकाहरुलाई आत्मबल र आत्मविश्वास बढाई उच्च शिक्षामा लाग्न आग्रह गरिन । कार्यक्रममा वागमति प्रदेश निती तथा योजना आयोगका सदस्य यमुना कँडेलले वागमती प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, सडक लगायतका योजना बनाएर अगाडी बढेको बताए ।

    बामगती प्रदेश सरकारले अभिभावक विहिन बालबालिकाहरुलाई मासिक २ हजार उपलब्ध गराउने निर्णय गरेको छ भने सोहि रकममा १ हजार रुपैया नगरपालिकाले थप गरेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी दिए ।

    कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुवेदी, अभिभाबक बिहिन बालबालिकाहरूका सरक्षक लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस