२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

सामी परियोजना बारे सञ्चारकर्मीसँग अन्तरक्रिया

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित २ साल अघि
  • २१४६ पाठक संख्या
  • बैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र (सामी परियोजना) अन्तर्गत सिविक फोरमले जिल्लाका संचारकर्मीहरुसँग बैदेशिक रोजगारका लागि जाने नेपाली कामदारहरुलाई कस्ता खालका समस्या पर्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

    सामी परियोजना अन्तर्गत बैदेशिक रोजगारमा जाँदा समस्यामा परेका वा लामो समयसम्म सम्पर्कमा नरहेका ब्यक्ति, लामो समयदेखी विदेशमा अलपत्र परी समस्यमा परेका नेपालीहरुलाई सहजीकरण गरी नेपाल ल्याउन सहयोग गर्ने, मनोपरामर्श दिने, विदेश जानु भन्दा अगाडी बैदेशिक रोजगारमा जानु भन्दा अगाडी परामर्श गरिदै आएको सिविक फोरमका कार्यकारी निर्देशक बसन्त कुँवरले जानकारी दिए ।

    सामी परियोजना जिल्लामा धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशि गाँउपालिका र भुम्लु गाँउपालिकामा संचालन भईरहेको छ ।

    सामी परियोजना सञ्चालन भएपछि संस्थाले २ हजार ३ सय १३ जनालाई परामर्श सेवा प्रदान गरेको कुँवरले जानकारी दिए ।

    सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले बैदेशिक रोजगारीमा वा अध्ययनका लागी जाँदा दक्ष एवं सिप सिकेर मात्र जानु पर्ने बताईन । धुलिखेल नगरपालिकाले ६ सय जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरेकाले पहिला आफ्नै देशमा केहि गर्नु पर्ने शर्माको भनाई छ ।

    आफ्नो खेतबारी बाँझो राखी विदेशमा काम गर्न जाने बानी राम्रो नभएकाले बरु नगरपालिकाले आवश्यक सहयोग गर्ने र त्यसका लागि सहजिकरण गरिदिन अनुरोध गरे । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुबेदी, नेपाल पत्रकार महासघंका काभ्रेका सचिब नगेन्द्र अधिकारी लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।

    कार्यक्रममा विदेशमा हराइरहेका व्यक्तीहरुको आफन्तले आ–आफ्नो भनाई राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस