काभ्रेको महाभारत गाउँपालिका ६ बनखुमा अबैध काठ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अबैध काठ सहित महाभारत गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३२ को दिपेश कुँवरलाई इलाका प्रहरी कार्यालय देविटारले पक्राउ गरेको हो । प्रहरीले महाभारतको बाँसपुर भन्ने स्थानबाट धुलिखेल तर्फ आईरहेको बा. ४ ख ४२०६ नं. को ट्रकमा सालको चिरान काठ ८४ थान (६६.९३ क्यूफिट) सालको चिरान काठ लोड गरी ल्याईरहेको अवस्थामा फेला पारेको थियो ।
गाडी र चालक नियन्त्रणमा लिई कानुन बमोजिम पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल ल्याइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस