बेथानचोक गाउँपालिकाले नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न गरेको छ । ८ दिन सम्म चलेको तालिममा २५ जना सहभागी भएका थिए ।
तालिम सकिए लगत्तै सहभागीहरु मेलमिलापकर्ता भइ गाउँपालिका न्यायीक शाखामा सुचिकृत हुने र प्रत्येक वडामा रहेको मेलमिलाप कार्यालयमा रहि समाजमा आइपर्ने समस्याहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने कार्यमा खटिने न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले जानकारी दिईन । आगामी दिनहरुमा पनि नेपालको संविधान,ऎन,कानुन र मेलमिलापका बारेमा तालिम तथा गोष्ठी संचालन गरेर न्यायीक कार्यमा थप टेवा पुराउने लक्ष्य गाउँपालिकाको रहेको गाउँपालिका उपाध्यक्ष एबम संयोजक लामिछानेको भनाई छ ।
नयाँ मेलमिलापकर्ता उत्पादनबाट समाजका हरेक टोल टोलमा मिलेर बस्न र आपसी झैझगडा समाजमै मिलाइ अदालती झन्झटिलो र खर्चिलो प्रक्रियामा नपुग्न मद्दत पुग्ने न्याय शाखा प्रमुख श्रीकृष्ण तिमल्सिनाले बताए ।
तालिममा सहभागी मुना श्रेष्ठले मेलमिलापकर्ता उत्पादन तालीम संचालनले गर्दा आफुहरु जस्ता युवाहरूमा कानुनी ज्ञान बढ्नुका साथै गाउँसमाजमा समस्याहरु किन कसरी आइपर्छन र तिनको समाधानमा युवाहरूले कस्ता भुमिका खेल्न सक्छन भन्ने अनुभुती भएको र अब हामी जस्ता युवा युवतीहरुलाई समाज प्रती उत्तरदायी बनाउन तालिम उपलब्धि मुलक रहेको बताउछिन ।
समापन कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मेलमिलाप जस्तो न्यायीक कार्यमा आजदेखी लाग्न सहभागीहरुलाइ हौसला प्रदान गर्नुका साथै आबस्यकता पर्दा मेलमिलापकर्ता सङै सिङ्गो गाउँपालिका रहने आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारिले उक्त मेलमिलापकर्ता उत्पादन तालिम कार्यक्रम उपलब्धि मुलक रहेको देख्न पाइने आशा व्यक्त गरे ।
तालिम कार्यक्रम फागुन २ गते शुरु भई भइ ९ गते सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस