२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

नमोबुद्ध–५ कानपुरमा ल्होसारको रौनक

  • २०७७ फागुन ९, आईतबार मा प्रकाशित ३ दिन अघि
  • ७३ पाठक संख्या
  • नमोबुद्ध नगरपालिका–५ को कानपुरमा ल्होसार विशेष वृहत सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

    २५५७ औं लाङ(म्हे)ल्हो सोनाम ल्होसारको अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाको विशेष आतिथ्यता रहेको थियो ।

    ल्होसार कार्यक्रम मुल समारोह समितिको आयोजना तथा नमोबुद्ध नगरपालिका र नमोबुद्ध नगरपालिका वडा नं. ५ को सहयोगमा आयोजित कार्यक्रमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सबै समुदायका पर्व एवं संस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको बताए । तिमल्सिनाले भकुण्डेबाट तेमाल जोड्ने सडकको नाम अन्तिम तामाङ राजा रेन्जेन दोर्जेको नाममा राखिएको जानकारी दिँदै कोटतिमालमा रहेको रेन्जेन दोर्जेको दरबार रहेको ठाउँमा संग्रहालय स्थापनाका लागि तयारी अघि बढाइएको बताए ।

    कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डिवी लामाले रोशी गाउँपालिकाले यसपटक देखि चोक, चौतारा र घरसम्म ल्होसार पुर्याउने काम गरेको बताए । आफ्नो सांस्कृतिक पहिचान कायम राख्न, यसको संरक्षण र सम्वद्र्धन गर्न सबै तामाङ समुदाय एक हुनुपर्ने लामाको भनाई थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङले परम्परालाई संक्षण गर्न ल्होसार जस्ता पर्वले मद्दत पुग्ने बताइन् । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तामाङ भाषा र संस्कृतिको संरक्षणका लागि नमोबुद्ध नगरपालिकाले विशेष पहल अघि बढाएको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी लामाले ल्होसारको अवसरमा सरकारले विदा दिए पनि आफ्नो चाडको रुपमा अझै स्वीकार गर्न नसकेको गुनासो गरे । कार्यक्रममा नमोबुद्ध ५ का वडाअध्यक्ष वुद्धसिं तामाङ, पत्रकार मिलन दोङ तामाङ लगायतले मन्तव्य राखेका थिए । र्यक्रम ल्होसार कार्यक्रम मुल समारोह समितिका संयोजक सिंगवहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, वडा नं.१० का वडाअध्यक्ष रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा चर्चित हास्यकलाकारहरु राजु पौडेल (राजु माष्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को प्रहसनका साथै राष्ट्रियस्तरका ख्यातिप्राप्त गायक गायिका एवं स्थानीय कलाकारहरुहरुको गीत तथा नृत्यसहितको प्रस्तुतिले सहभागीहरुलाई मनोरञ्जन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस