२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

सहकारी संघ काभ्रेको रणनीतिक योजना निर्माण गोष्ठि

  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ४ दिन अघि
  • ८२ पाठक संख्या
  • जिल्ला सहकारी संघ लि.काभ्रेले सहकारीका गतिविधिहरु सञ्चालन र सहकारी प्रवद्र्धन गर्न आफ्ना क्रियाकलापहरुलाई व्यवस्थित रुपले अगाडि बढाउन २ दिने रणनीतिक योजना तर्जुमा गोष्ठि धुलिखेलमा सम्पन्न गरेको छ ।

    फागुन ७ गते र ८ गते गरेको उक्त गोष्ठिमा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक सदस्य टेक प्रसाद चौलागाँईको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको हो । नव निर्बाचित सञ्चालक समिति, निबर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समिति सहित कर्मचारी समेतको उपस्थितीमा सम्पन्न गरेको उक्त कार्यक्रममा योजना निर्माणका क्षेत्रका बिज्ञ बुद्धिराज तामाङले सहजिकरण गरेका थिए ।

    कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक सदस्य टेकप्रसाद चौंलागाँई, संघका अध्यक्ष दिलिप शर्मा, निवर्तमान अध्यक्ष तथा संघका सल्लाहाकार विनोद पराजुली लगायतले मन्तब्य राखेका थिए ।

    २९ जना सहभागिता रहेको उक्त कार्यक्रममा संघका प्रगती, समिक्षा, जिल्ला सहकारी संघ लि.को सवल पक्ष, अवसर, कमजोरी र चूनौतीको विश्लेषण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस