२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त, राजेश झा नियुक्त

  • २०७७ फागुन ७, शुक्रबार मा प्रकाशित ६ दिन अघि
  • ५० पाठक संख्या
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् । परियारको ठाउँमा रौतहटका राजेश झा नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा (१) खण्ड (ख)  बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

    परियार सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी सातै प्रदेशमा नेकपानिकटलाई प्रदेश प्रमुख बननाएको थियो ।

    प्रतिक्रिया दिनुहोस