२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

काँग्रेस कार्यालय भवन परिसरमा विपीको शालिक शिल्यान्यास

  • २०७७ फागुन ७, शुक्रबार मा प्रकाशित ६ दिन अघि
  • ७० पाठक संख्या
  • ७१ औ प्रजातन्त्र दिवसको अवसर पारी नेपाल भुतपुर्व सैनिक संघ काभ्रे जिल्ला समितिले नेपाली कांग्रेस काभ्रेको नवनिर्मित भवन परिसरमा विपी कोईरालाको अर्धकदको शालिक शिल्यान्यास गरेको छ । प्रजातन्त्र सेनानी शिव बडाल ‘कंगाल’ले शालिक शिल्यान्यास गरे ।

    शालिक शिल्यान्यास कार्यक्रममा प्रजातन्त्र सेनानी कंगालले ‘राजपरिवारको हत्या गरेसँगै नेपालमा हिन्दु धर्म नाश गर्ने कार्य शुरु भएको बताए । उनले भने ‘प्रजातन्त्र पटक पटक मास्ने काम भयो, नेतृत्व सहि नहुँदा प्रजातन्त्र नै असफल भयो ।’ प्रजातन्त्र केहि ब्यवसायीहरुको हातमा पुगेकाले त्यसलाई टिकाउन नसकिएको उनको भनाई थियो । दुई ठुला मुलुकको बीचमा नेपाल भएकाले नेपाललाई धार्मिक आस्थाका आधारमा थिचोमिचो हुन सक्ने भएकाले हिन्दु धर्मको रक्षाका लागि सबै एक हुनु पर्ने उनको भनाई थियो ।

    शालिक शिल्यान्यास कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले विपीले मान्दै आउनु भएको राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई एकै साथ लिएर हिड्न सके मात्रै मुलुक समृद्ध बन्न सक्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले शालिक निर्माण गरेर मात्र भन्दा पनि उहाँको विचार पनि अनुशरण गर्नुपर्ने बताए ।

     

    नेपाल भुतपुर्व सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर दाहालले विपीको विचारलाई ब्यवहारमै कार्यान्वयन गर्न सधै झक्झक्याउने उदेश्यले कांग्रेस कार्यालय परिसरमा शालिक निर्माणको योजना तयार गरी प्रजातन्त्र दिवसको अवसरमा शिल्यान्यास गरिएको बताए । शालिक निर्माणका लागि १७ लाख खर्च हुने इस्टमेट गरिएको छ । सदस्य हेमशंकर गिरीले विपीका शालिक विभिन्न स्थानमा निर्माण गरी विपीको विचारलाई फैलाउनु पर्ने बताए । कार्यक्रममा राजु सिग्देलले शालिक निर्माणका बारेमा चर्चा गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस