२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

  • २०७७ फागुन ५, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • ८२ पाठक संख्या
  •  नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ ।

    फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।

    यससँगै केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ ।

    सहमतिपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा शुरु हुँदैछ ।

     

    प्रतिक्रिया दिनुहोस