२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न छिमेकी नै

  • २०७७ फागुन ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५५० पाठक संख्या
  • बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त प्रहरीले मंगलबार सार्वजनिक गर्दैछ ।

    बैतडीकी दोगडाकेदार गाउँपालिका–७ की भागरथी बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने आफ्नै छिमेकी एवं सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

    कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भागरथीको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल शव भेटिएको थियो ।

    घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको हो ।

    भट्टले घटनामा संलग्नता स्वीकार्दै बदला लिन हत्या गरेको साबिती बयान दिएका छन् ।

    हिजै प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।

    तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले आज भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस