२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

बार्षिकोत्सवमा झोला तथा स्टेशनरी सहयोग

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित १ हप्ता अघि
  • ९४ पाठक संख्या
  • लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० औं बार्षिकोत्सवको अवसरमा आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सहयोग गरेको छ । भकुण्डेबेशी शाखा कार्यालयबाट नमोबुद्ध नगरपािलका वडा नं. ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत १ सय जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
                 पठनपाठनमा सहयोग पु्याउने उद्धेश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झोला तथा स्टेशनरी समाग्री वितरण गरेको भकुण्डेबेशीका शाखा प्रमुख दोषबहादुर थापाले जानकारी दिए ।
    वित्तिय संस्थाका सहायक महाप्रबन्धक सुन्दरप्रसाद श्रेष्ठ, सञ्चालन विभाग प्रमुख माधवप्रसाद शर्मा, नमोबुद्ध न.पा. वडा नं. ८ का वडा अध्यक्ष शेरबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलबहादुर श्रेष्ठ लगायतले वितरण गरेका थिए । प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले सहयोग गरेकोमा संस्थाप्रति आभार प्रकट गरे ।
    लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले ५२ जिल्लामा ७२ शाखा संजालमार्फत ८९ हजार ग्राहकवर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले पौष मसान्त सम्ममा ९ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ भने बचत र कर्जा बाहेक लघुविमा, विप्रेषण र शाखा रहित बैंकिग कारोबार संचालन गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस