२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नेपाली काँग्रेस काभ्रेको धुलिखेलमा बिरोध सभा

  • २०७७ फागुन ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६५२ पाठक संख्या
  • नेपाली काँग्रेस काभ्रेले केपि ओलि सरकारको असंवैधानिक तथा अलोकतान्त्रिक कदम विरुद्ध धुलिखेलमा प्रदर्शन गरेको छ ।
    धुलिखेलको तल्लो बसपार्कबाट सुरु भएको बिरोध र्याली विपि चोक, धुलिखेल अस्पताल चोक, पुरानो बजार हुँदै सरस्वतीबजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व अर्थ मन्त्री डा. रामशरण महतले कम्युनिस्ट पार्टिकाे आन्तरिक झगडाले नेपाली जनताले दु: ख पाएकाे बताएका छन्।

    नेता महतले जनताले बहुमत दिएर पठाएकाे कम्युनिस्ट पार्टिकाे आन्तरिक कलहका कारण देशकाे समृद्धि ओरालो लागेकाे बताए । उनले काम चलाउ सरकारले नियुक्ति गर्नु गलत भएकाे भन्दै कम्युनिस्ट सरकारमा आंउदा विकृति बढेकाे बताए । संसारबाट कम्युनिस्ट दर्शन विदा हुन लागेकाे बताउँदै चिनमा पनि आर्थिक नीति पुजिवादि अर्थतन्त्रलाई अपनाएकाे बताए ।

    कार्यक्रमलाई नेपाली काँग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्य, पुर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, संविधान सभा सदस्य तिर्थ लामा, नेविसंघ महामन्त्री दिपक भट्टराईले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस