पनौती क्षेत्रको अग्रणी शैक्षिक संस्था श्रीराम माध्यमिक बिध्यालयमा जगन्नाथ गिरीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
खोपासिमा रहेको ७ दशक पुरानो श्रीराम मावीको अभिभावक सम्मेलनले दोस्रो कार्यकालको लागि गिरीलाइ अध्यक्ष चयन गरेको हो ।
९ जनाको समितिमा पदेन सदस्य वडा अध्यक्ष मोहन भण्डारी, ज्ञानु शर्मा, सदस्य सचिबमा प्रधानाध्यापक ज्योति सापकोटा, रामचन्द्र दाहाल, लक्ष्मी सत्याल, रुपा लामा, कृष्ण सिलवाल, बिनोद गुरागाइ सदस्यमा चयन भएका छन ।
प्रतिक्रिया दिनुहोस