प्रस्तुती : रञ्जु उप्रेती
फूल थमाएर काँडा बनी मलाई घोचेउ
तिमी मन पर्छ भन्दै प्रेम प्रस्ताव राखेउ
चक्लेटको मिठास सँगै थुनेउ मेरो बोली
टेडि र उपहारले मेरो पाइला थुनेउ
अनेक कसम खुवाएर अलपत्र पार्यौ
अङ्गालोमा बेरेर पनि बाचा तोडि हिडेउ
प्रणय दिवस भन्दै लुछेउ मेरो जवानी
ती चुम्बनहरूले मेरा खुसीहरू लुटेउ
प्रतिक्रिया दिनुहोस