२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

पनौतीको त्रिवेणी सरसफाई अभियान १०० हप्तामा पुगेको उपलक्ष्यमा स्वर्णमहोत्सव आयोजना

  • २०७७ फागुन १, शनिबार मा प्रकाशित १ हप्ता अघि
  • १८४ पाठक संख्या
  • पनौतीका महिलाहरुको सक्रियतामा शुरु भएको पनौतीको त्रिवेणी सरसफाई अभियान १०० हप्तामा पुगेको उपलक्ष्यमा स्वर्णमहोत्सव आयोजना भएको छ । काभ्रेली संक्रिय महिला संगठनको अगुवाईमा भएको त्रिवेणी सरसफाई नागरिक अभियान अन्तर्गत त्रिवेणीमा सरसफाई भएको एक सय हप्ता पुगेको अवसरमा पनौतीमा स्वर्णमहोत्सव कार्यक्रम आयोजजना भयो ।

    स्वर्गको राजा ईन्द्रको पनि पाप मोचन भएको पवित्र तीर्थस्थल त्रिवेणी घाटको सरसफाईमा सहभागि हुन काँग्रेस महामन्त्री डा. शसांक कोइराला र वागमती सरसफाईका प्रमुख अभियान्ता नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौडेल लगाएतका अभियान्ताहरु शनिवार पनौती त्रिवेणीघाटमानै पुगेर सरसपाईमा सहभागि भए ।

    अभियानको एकसय हप्ता पुगेको अवसरमा शनिवार काँग्रेस महामन्त्री डा. कोइराला, वागमती सरसफाईका प्रमुख अभियान्ता पौडेल, नेपाली काँग्रेस काभ्रेका सभापति लगायत विभिन्न् तह र तप्काका नेता तथा कार्यकर्ताका साथै वागमती सरसफाईका अभियान्ता एवं शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी, अभियान्ताहरु तारावहादुर कँुवर, किशोर शाही, विष्णुमती अभियन्ता संयोजक शोभाकान्त पाण्डे, चक्रपथ सरसफाईका उत्तरी खण्ड अभियन्ता एलबि टन्डन, आईतवारे सरसफाई गोदावरीका अभियान्ता, फोहोरमैला व्यवस्थापनका अभियान्ता लगायतका अभियान्ताहरु पनि पनौती आएका थिए ।

    पनौतीको त्रिवेणी सरसफाईमा सहभागी पछिको सभामा बोल्दै काँग्रेस महामन्त्री डा. कोइरालाले नदीलाई पुर्ण रुपमा सफाई गर्न मुहानमा बस्ने बासिन्दाहरुले पनि यस अभियानबाट प्रेरणा लिएर सरसफाईमा जुट्नुपर्ने बताएका थिए । ‘मुहान देखि नै सरसफाई गर्दै आउनु पर्छ र मुहानमा बसेका नागरिक सचेत हुनुपर्छ’– महामन्त्री कोइरालाको भनाई थियो । कार्यक्रममा बागमती सरसफाईका प्रमुख अभियन्ता पूर्व मुख्य सचिव पौडेलले ‘सरसफाईमा ध्यान नदिने स्थानीय सरकार कि त सच्चिनु पर्छ कि त आउँदो निर्वाचनबाट यस्तो सरकारलाई परास्त गर्नुपर्ने भनाई व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले पनौती पवित्र तीर्थस्थल भएको र नगरकै गौरव वढ्ने कुरामा पनि नगरपालिका उदासिन हुँदा स्थानीय बासिन्दा चिन्तित भएको भन्दै चाढो भन्दा चाढो मकर मेलाको तयारी गर्न अनुरोध गरे ।

    कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका नेता तिर्थ पसखल, उपसभापति अच्युत पौडेल, पूर्व मन्त्री कञ्चनचन्द्र बादे, संविधान सभा सदस्य रामहरी सुवेदी, नेता गणेश लामा, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, अभियन्ताहरु उत्तम पुडासैनी, ताराबहादुर कुंबर, किशोर सिंह, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, विपि विचार समाजका कोषाध्यक्ष राघवसिंह थापा, सक्रिय महिला संगठनका संयोजक सुमित्रा बञ्जारा, संह संयोजक हेमा मानन्धर लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा गायक तिलक बस्नेत, मदन विष्टले गीत गाएका थिए भने विनोद बञ्जारा र शारदा सापकोटाले गीत बाचन गरेका थिए ।

    आगामी २०७८ माघ महिनामा मकर मेला लाग्दैछ । पनौतीको मकर मेलामा त्रिवेणीघाटमा नुहाएर इन्द्रेश्वर महादेवको दर्शन गरे समपुर्ण पाप मोचन हुने जनविश्वास रहिआएको छ ।

    महिलाहरुको सक्रियतामा महिलाहरुकै सहभागितामा कोरोनाको महामारिका विचमा पनि भौतिक दुरि कायम गर्दै, जनचेतना फैलाउदै, घर घरबाट सरसफाइ गर्न सहभागी भएका थिए। कोरोना महामारीको विचमा पनि नरोकीई कन सरसफाई जारी राखिएको संगठनका संयोजक सुमित्रा बञ्जाराले जानकारी दिए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको विश्व सम्पदाको लागि सूचिकृत हुन लागेका पनौती नगरपालिका भित्र जिल्लाकै सबैभन्दा बढी मठमन्दिर रहेका छन्। त्रिवेणी धाममा आन्तरिक तथा बाह्य भक्तालुहरु स्नान गर्ने स्थान पुण्यमाता खोला, रोशी खोला र लिलावती खोलाको दुषित पानीलाई सफा बनाउने र पनौती नगरलाई नै स्वच्छ बनाउने उदेश्यले पनौती त्रिवेणी सरसफाई नागरिक अभियान शुरु भएको संयोजक बञ्जाराको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस