२०७८ जेष्ठ २९, शनिबार | Sat, 12, Jun, 2021

पोर्चुगलमा अल्सरबाट थलिएका काभ्रेका युवा घर फर्किए

  • २०७७ माघ ३०, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • ४९८ पाठक संख्या
  • काभ्रेका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण पोर्चुगलबाट नेपाल फर्किएका छन् । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघ पोर्चुगलको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।

    संघका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिएका छन् । संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।

    प्रतिक्रिया दिनुहोस